कपिलवस्तुको चन्द्रौटा स्थित अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री बालहंस सांङवेद संस्कृत गुरुकुल पाठशाला (स्वर्गद्वारी आश्रम) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
स्थापन दिवसको अवसरमा आश्रममा रहेका बटुककहरुलाई लक्षित गरेर २२ जोर पोशाक, चप्पल, १० सेट झुल र एक सेट पंखा हस्तान्तरण गरिएको सस्थाका ब्यवस्थापक बामदेब भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा अध्यक्ष द्रोण प्रसाद अधिकारीले सहकारी संस्थाले समाजका आवश्यकता अनुसार शिक्षा र धार्मिक क्षेत्रमा सहयोग पुर्याउन सधैं तत्पर रहेको बताउनु भयो । आज बालहंस बितरण गरेको सामग्रीले यहाँका बालबालिकाहरूको सिकाइ र दैनिक जीवनमा सहयोग पुग्ने बताउनु भयो ।
उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
आश्रमका अध्यक्ष चुरामणी पोख्रेलले प्राप्त सहयोगले हाम्रो आश्रमका बालबालिकाहरूको जीवनमा प्रत्यक्ष लाभ पुग्नेछ। पोशाक, झुल र अन्य सामग्रीले बालबालिकाहरूको सिकाइ वातावरणलाई अझ सहज र रमाइलो बनाउने बताउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि शिवकुमारी चौधरीले
शैक्षिक र धार्मिक संस्थाप्रति बालबालिकाहरूको भौतिक आवश्यकता मात्र होइन, उनीहरूको भावनात्मक र मानसिक विकासमा पनि सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले सहकारी संस्थाको यस पहलको उच्च सराहना गर्दै भविष्यमा पनि यस्ता सहयोगी कार्यक्रम जारी रहोस् भन्ने आशा व्यक्त गरेका छन् ।
कार्यक्रममा सहकारीका पदाधिकारी , वडा अध्यक्ष रामबहादुर चौधरी, टेकलाल सापकोटा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम संस्थाका सचीव नमराज न्यौपाने को संचालनमा सम्पन्न भएको थियो।











