कपिलवस्तु, शिवराज नगरपालिका–५ चन्द्रौटामा समुदाय स्तरमा स्वास्थ्य जीवनशैली सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नागरिक आरोग्य सेवा केन्द्र, शिवराज नगरपालिका–५ को आयोजनामा तथा शिवराज नगरपालिकाका उपमेयर शिवकुमार थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा वडाका करिब ७० जना नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै उपमेयर शिवकुमार थारुले स्वस्थ जीवनशैली अपनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नागरिकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो
त्यस्तै, वडाध्यक्ष नेत्र बेलबासेले समुदायको स्वास्थ्य सुधारका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य जागरूकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा आयुर्वेदिक चिकित्सक डा. सुवासचन्द्र अधिकारी, वरिष्ठ कविराज निरीक्षक तेजबहादुर सोमै तथा नागरिक आरोग्य सेवा केन्द्रका प्रबन्धक सुरेन्द्रप्रसाद पाण्डेले प्रशिक्षण दिनुभएको थियो। उहाँहरूले स्वास्थ्य जीवनशैली अपनाउने तरिका, सन्तुलित आहार, योग तथा व्यायाम, सरसफाइ, नियमित दिनचर्या तथा दीर्घरोगबाट बच्ने उपायबारे विस्तृत जानकारी दिनुभएको थियो।











