कपिलवस्तु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला कार्यसमितिले कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आफ्ना प्रतिनिधिहरूलाई सम्मान गरेको छ।
मङ्गलबार बाणगंगा नगरपालिकाको ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित अधिवक्ता मोहनलाल आचार्य र क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व एसएसपी विक्रम सिंह थापालाई सम्मान गरिएको हो।
उक्त कार्यक्रममा कपिलवस्तुबाट समानुपातिक उम्मेदवार रहेका युवा नेता मिर्जा राशिद बेगलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूले निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै जनताको विश्वास र अपेक्षा अनुसार संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।











