कपिलवस्तु -सूर्यज्योति लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाले एजेन्स रिफ्रेसमेन्ट ट्रेनिङ तथा एमडिआरटी सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा चन्द्रौटा शाखाबाट सन् २०२६ का लागि एमडिआरटी बन्न सफल भिमलाल पौडेललाई खादा, माला तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख प्रेम प्रसाद र्याल, रिजनल म्यानेजर विकास अधिकारी, चन्द्रौटा शाखा प्रमुख युवराज पौडेल, सन् २०२४ का एमडिआरटी रुपेन्द्र प्रसाद आचार्यलगायत चन्द्रौटा शाखामा कार्यरत एजेन्सीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रदेश प्रमुख प्रेम प्रसाद र्यालले एजेन्सीको कार्यशैली, सफलता र एजेन्सी म्यानेजरदेखि एमडिआरटीसम्मको यात्राबारे सहजीकरण गर्नुभएको थियो। त्यसैगरी रिजनल म्यानेजर विकास अधिकारीले एजेन्सी पेशाको महत्व र व्यवसाय विस्तारका सम्भावनाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
सन् २०२६ का लागि एमडिआरटी बन्न सफल भिमलाल पौडेलले छोटो समयमै गरेको अथक मेहनत, लगनशीलता र आत्मविश्वासका कारण एमडिआरटीजस्तो अन्तर्राष्ट्रिय क्लबमा आबद्ध हुन सफल भएको आफ्नो अनुभव सहभागीहरूसँग साझा गर्नुभयो। कार्यक्रममा सन् २०२४ र २०२६ का एमडिआरटीहरूले आगामी दिनमा सिओटी (COT) तर्फ अग्रसर हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाबाट बिमित तथा अभिकर्तालाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनु भएको थियो। साथै बिमा मृत्यु तथा रोग दाबी, ऋण, नयाँ बिमा जारीलगायतका सेवाहरूलाई थप सरल र छरितो बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
हाल चन्द्रौटा शाखाबाट दुई जना एमडिआरटी उत्पादन भइसकेको र आगामी वर्षहरूमा अझ बढी एमडिआरटी उत्पादन गर्ने लक्ष्यसहित शाखा अघि बढिरहेको जानकारी गराउनुभयो । हेडलाईन एम्डिराटी बनेको प्राथमिकता











