कपिलवस्तु - ब्यापार संघ कपिलवस्तुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति मध्यनजर गर्दै एकाउन्न हजार एक सय एघार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।
बाढीबाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका लागि राज्यसँगै निजी क्षेत्र र व्यवसायी समुदायको पनि महत्वपूर्ण भूमिका रहेको चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेब पोखरेलले बताउनु भयो ।
विपत्तिको समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीहरूलाई हार्दिक आह्वान समेत गर्नु भएको छ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको संस्थ आका महासचिव गोपाल बन्जाडेले बताउनु भयो।









