कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. ३ ले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरेको छ। शिवराज–५, चन्द्रौटास्थित व्यापार संघको सभाहलमा सम्पन्न क्षेत्रीय बैठकले खुलातर्फका चारै जना प्रतिनिधि बिना प्रतिस्पर्धा चयन गरेको हो।
खुलातर्फबाट एमाले प्रदेश सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के सि , बिजयनगर गाउँपालिकाका अध्यक्ष तथा एमाले प्रदेश सदस्य गोपाल बहादुर थापा, सर्वसम्मतरूपमा निर्वाचित हुनु भएको छ ।
त्यस्तै, महिलातर्फ गंगा घर्ती मगर र युवातर्फ नारायण सापकोटा पनि सर्वसम्मतरूपमा निर्वाचित हुनु भएको छ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने कार्यक्रम छ।











