शिवराज, कपिलवस्तु – नेकपा (एमाले) शिवराज नगरपालिका वडा नम्बर ७ ले संगठन सुदृढीकरण अभियानअन्तर्गत दोस्रो वडा अधिवेशन तथा वडा केन्द्रित "जरा अभियान" सम्पन्न गरेको छ। अधिवेशनले वडा तथा टोलस्तरसम्म पार्टी संगठन विस्तार गरेको हो ।
अधिवेशनबाट वयस मोहम्मद मुसलमान अध्यक्ष , उपाध्यक्षमा रमजान अली, सचिवमा आजाद अहमद, उपसचिवमा राजन शर्मा र जैतुन निशा चयन हुनु भएको छ । सदस्यहरूमा सोहरान मुसलमान, अलाउद्दिन मुसलमान, मुबारक मुसलमान, ईजहार अहमद मुसलमान, अजिजुर रहमान मुसलमान, सलाह मुसलमान, आरवी मुसलमान, अब्दुल सलाम, बाबुराम पाल, अकबर अली, सलाउद्दिन गद्दी, शान्ति बढई, मालती शर्मा, जौवाद अली मुसलमान, खुर्सिद मुसलमान चयन हुनु भएको छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ७ इन्चार्ज संसाद खानले मधेसमा एमालेको लोकप्रियता बढ्दो रहेको भन्दै यो अधिवेशनले संगठनलाई थप मजबुत बनाउने बताउनु भयो ।
एमाले जिल्ला सदस्य आनन्द शुक्लाले कार्यक्रममा बोल्दै वडास्तरबाटै पार्टीलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भ्स्यो । जनताको विश्वास जित्न नीति र विचारलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने बताउनु भयो।
नगर कमिटी अध्यक्ष महादेव पोखरेलले एमालेले संगठनलाई बलियो बनाउन निरन्तर अभियानमा लागिरहेको बताउनु भयो। जरा अभियानको माध्यमबाट टोलटोलमा जनताको पहुँचमा पुग्ने बताउनु भएको ।
कार्यक्रमममा जिल्ला कमिटी सदस्य मीन बहादुर चौधरी, नगर कमिटी उपसचिव गोपाल बन्जाडे, नगर सदस्य दिपक पौडेल सत्यनारायण बढई, लगायतको उपस्थिति रहेको थियो।











