रुपन्देही । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थाथा (रोज राणा) सर्वसम्मत भएका छन् । आज भएको प्रदेशको अधिवेशनबाट उनी सर्वसम्मत रुपमा प्रदेश सभापतिमा निर्वाचिन भएको तयारी समितिका संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी अधिवेशनको आजै उद्घाटन सत्रपछि भएको बन्द सत्रले उनी सभापतिमा निर्वाचित भएका हुन् । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए ।
प्यूठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसाल प्रतिस्पर्धामा सभापतिमा उम्मेदार दिएपछि नेताहरु बसेर समझदारीमा राणालाई सभापति बनाएको अधिवक्तासमेत रहेका नेता कृष्ण पोखरेलले बताए ।
राणा यसअघि प्रदेश सरकारको मन्त्री रहेका थिए र अहिले पनि प्रदेश सभा सदस्य रहेका छन् । प्रदेशको तयारी समितिका संयोजक रहेका गेहेन्द्र गिरिले सभापतिमा टुङ्गो लागे पनि अन्य पदहरु मिलाउने बाँकी रहेकाले रातभर बसेर भएपनि टुंगाउने जानकारी दिए ।
सोमबार दिउँसो भएको अधिवेशनको नेता शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।









