कपिलवस्तु - शिवराज नगरपालिका–१० लालपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिवराज–४ खरेन्द्रपुरस्थित स्वर्गद्वारी बालहसं सांगवेद संस्कृत पाठशालामा अध्ययनरत १६ जना बटुकहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ।
जन्मदिनको फजुल खर्चलाई सेवामूलक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले आफूले यो पहल थालेको पौडेलले बताउनुभयो। बालबालिकाहरूलाई गुणस्तरीय शिक्षासँग जोड्न केही मदय पुगोस भन्ने मान्यताका साथ शैक्षिक सामग्रीसँगै बटुकहरूलाई मिष्ठान्न भोजनको पनि व्यवस्था गरेको बताउनु भयो ।









