कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ६ मा किशोरीहरुलाई आत्मारक्षा सम्बन्धि तालिम सुरु भएको छ ।
आत्मरक्षा तालिमले उनीहरूलाई शारीरिक सुरक्षा प्रदान गर्ने मात्र नभएको र आत्मविश्वास बढाउन, मानसिक रूपमा सशक्त बनाउन र विभिन्न खतराजनक परिस्थितिहरूलाई सामना गर्नको लागि मद्दत पुग्ने भन्दै आत्मरक्षा सम्बन्धि कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष माहेताब आलम खाले बताउनु भयो ।
पछिल्लो समयमा नेपालमा महिलामाथि हिंसा, यौन दुर्व्यवहार र सडक सुरक्षाको चुनौतीहरू बढ्दो क्रममारहेको र यस्तो अवस्थामा, आत्मरक्षा तालिम किशोरीहरूको लागि एक बलियो खम्बा बन्न सक्ने प्रशिक्षक रामु सुनारको भनाई छ ।कार्यक्रममा शिवराज नगरपालिका वडा नाबर ६ का विद्यार्थीहरुको सहभागीता रहेको छ ।
किशोरीहरूको आत्मनिर्भरता र सुरक्षालाई प्राथमिकता दिँदै यस्ता तालिमहरू अझ व्यापक बनाउनुपर्नेमा वडा सचिव राम प्रसाद चौधरीले जोड दिनुभयो ।तालिम १० दिन सम्म चल्ने छ ।











