विजयनगर, २० असाेज ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ सय ७० जनाले सेवा लिएका छन् । शिविरमा परीक्षण गरिएका मध्ये १ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
विजयनगर गाउँपालिकाको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । मोतिबिन्दु भएका बिरामीहरूको शल्यक्रिया विजयनगर आधारभूत अस्पताल, बद्धौरमा गरिएको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत आँखाको समस्या पहिचानसँगै आवश्यक उपचार तथा शल्यक्रिया सेवा निःशुल्क उपलब्ध गराइएको हो ।









