कपिलवस्तु । नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले कपिलवस्तु जिल्लाका नौ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
जिल्लाका मुख्य बजार तथा सीमा नाकालाई समेटेर तौलिहवा, कृष्णनगर, मर्यादपुर, चाकरचौडा, चन्द्रौटा, बहादुरगञ्ज, गोरुसिङ्गे, पिपरा र पकडीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने तथा यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनु भयो ।
चाडपर्वको समयमा यात्रा गर्ने यात्रुलाई कुनै समस्या परेमा तत्काल सहजीकरण गर्ने, सुरक्षा प्रदान गर्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्यार्यको प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनु भयो ।
यात्राका क्रममा यात्रुहरूलाई सचेत रहन तथा कुनै समस्या सिर्जना भएमा यात्रु सहायता कक्ष वा सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउन आग्रहसमेत गर्नु भयो ।









