कपिलवस्तु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा अभिषेक प्रताप शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ।
राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर शाहले मंगलबार मधेसी क्लस्टरतर्फ सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
कांग्रेस संसदीय दलको उपनेताको जिम्मेवारीसमेत सम्हालिरहनुभएका शाहको सहमहामन्त्री पदको उम्मेदवारीलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
उम्मेदवारी दर्ता गर्नुअघि मंगलबार बिहान शाहले आफ्नो सम्पर्क कार्यालयमा कपिलवस्तुका नेता तथा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो।
सो अवसरमा उहाँले सहमहामन्त्री पदमा उम्मेदवारी दिनुको उद्देश्य, आफ्नो राजनीतिक प्रतिबद्धता तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
शाहले पार्टीभित्र सबै क्षेत्र, समुदाय र पुस्ताको सम्मानजनक सहभागिता सुनिश्चित गर्दै संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउने दिशामा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।









