कपिलवस्तु । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाले तालिम लिएर मात्रै नहुने भन्दै सिकेको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो।
सर्वोदय महिला बचत तथा ऋण सहकारी संस्थाको २१औँ साधारण सभामा बोल्दै उहाँले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप विकास, उद्यमशीलता र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष खिमविक्रम केसी र पूर्वअध्यक्ष जगत जिसीले पनि महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।









