कपिलवस्तु । कपिलवस्तुका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जिल्लाको कोठी नदीले चेतावनी तह पार गरेको छ भने बाणगंगा, बेलनदी र गुडरुङ खोलामा पानीको सतह चेतावनी तहभन्दा तल रहेको छ।
कोठी नदीमा ६ मिटर चेतावनी तह तोकिएकोमा पानीको सतह ६.३३४ मिटर पुगेको छ। यो चेतावनी तहभन्दा ०.३३४ मिटर बढी हो।
यस्तै, बाणगंगा नदीमा चेतावनी तह ५.५ मिटर रहेकामा पानीको सतह ५.०९४ मिटर, बेलनदीमा चेतावनी तह ४.८ मिटर रहेकामा ४.४२१ मिटर र गुडरुङ खोलामा चेतावनी तह ५ मिटर रहेकामा पानीको सतह २.९५६ मिटर रहेको छ।
कोठी नदीमा चेतावनी तह पार गरिसकेकाले नदी आसपासका क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।









