कपिलवस्तु -कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक अन्तरगत महाराजगंज नगरपालिका वडा नं २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ ।
बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ जनाको मृत्यु्ु भएको हो ।
बुधवार बिहान सवा सात बजेतिर तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ बर्षिय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ बर्षिय भोलई कुर्मी र ४५ बर्षिय बिजय कुमार गुप्ताको मृत्यु भएको प्रहरी श्रोतले जानकारी गराएको छ ।









