कपिलवस्तु -नेपाल आयुर्वेद औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशकाे दाेस्राे बैठक बुटवल स्थित लिट्स कलेजकाे सभाहलमा साउन २ गते शनिबार दिउँसो २ बजे सम्पन्न भएकाे छ । बैठक लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बाबुराम खनालकाे अध्यक्षता , प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु , जिल्ला कमिटी अध्यक्षहरुकाे उपस्थितिमा बैठक सम्पन्न भएको छ । बैठकले निवर्तमान प्रदेश अध्यक्ष देव बहादुर बस्नेत सहित सम्पूर्ण कमिटीलाई हार्दिक धन्यवाद , प्रदेश अधिवेशनकाे समिक्षा , अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशमा हालै सम्पन्न भएका जिल्ला अध्यक्षहरु क्रमशः कृष्णबहादुर केसी रुपन्देही ,मतिराज घिमिरे कपिलवस्तु ,मन्दिरा शर्मा बाँके , डाक्टर केशव न्यौपाने दाङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले प्रदेश अन्तरगत रहेका विभिन्न जिल्लामा जिल्ला ईन्चार्ज ताेकेकाे छ । जसअनुसार रुपन्देही झबिन्द्र प्रसाद पौडेल ,अर्घाखाँची बाबुराम खनाल , कपिलवस्तु प्युठान गाेपाल बन्जाडे , गुल्मी रमेश अधिकारी र सन्ताेष कडेल नवलपरासी ईस्ताफिन अन्सारी , बाँके भास्कर देवकोटा र देवेन्द्र पौडेल , बर्दिया देवेन्द्र पौडेललाई जिम्मेवारी दिईएकाे छ । साथै बाँकी रहेका अन्य जिल्लामा आवश्यक सरसल्लाह गरि अर्को बैठकले जिम्मेवारी दिने सचिव गाेपाल बन्जाडेले जानकारी दिनुभयो । बैठकमा हालै नेपाल सरकारले लागू गरेको स्वास्थय सेवा करका बिषयमा समेत छलफल गरिएको र क्लिनिक ,पाेलिक्लिनक वा अस्पताल दर्ता गर्दा सम्बन्धित कार्यालयले व्यावसायीलाई अनावश्यक दुःख दिनुभन्दा आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । नेपाल औषधी व्यावसायी संघ केन्द्रीय कार्यालयकाे सुचना अनुसार नयाँ सदस्य दर्ता , पुराना सदस्यलाई नवीकरण लगायतका काम गर्न यही साउन मसान्तसम्ममा अनिवार्य गरि प्रदेशमा पठाउन अनुरोध गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो । बैठकमा झविन्द्र प्रसाद पौडेल , कृष्णबहादुर केसी ,सन्ताेष कडेल ,शशी खनाल , डाक्टर डिके धिताल लगायतले महत्त्वपूर्ण सुझाव दिदै संस्थाका हरेक क्रियाकलापमा सक्रिय रुपमा उपस्थित हुन सबैलाई अनुरोध गर्नुभएको थियोे । बैठकको संचालन सचिव गाेपाल बन्जाडेले गर्नुभएको थियोे ।









