कपिलवस्तु । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला शाखा र लुम्बिनी प्रदेश शाखाको संयुक्त आयोजनामा तथा शिवराज नगरपालिका वडा नं.१ र ५ को सहयोगमा मानव अधिकार सम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद खतिवडाले मानव अधिकारसम्बन्धी जनचेतना विस्तार गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो। उहांले समाजका सबै वर्ग र समुदायलाई अधिकारका विषयमा सचेत बनाउन प्रतिष्ठानले निरन्तर अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुन केसीले मानव अधिकार लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिकका अधिकारको संरक्षण र सुनिश्चितताका लागि राज्यका सबै निकाय संवेदनशील हुनुपर्ने बताउनु भयो। उहांले मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका संस्थापक नगर प्रमुख नेत्रराज अधिकारीले मानव अधिकारको सम्मान र सामाजिक न्याय सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले अधिकारसँगै कर्तव्यप्रति पनि नागरिक सचेत हुनुपर्नेमा बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, शिवराज नगरपालिकाका संस्थापक नगर प्रमुख नेत्रराज अधिकारी, शिवराज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खिम विक्रम केसी, वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी लगायतले आ आफ्नोको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य तथा मानव अधिकारकर्मी मिना परियारले मानव अधिकारको अवधारणा, नागरिक अधिकार, मानव अधिकार संरक्षणका चुनौती, स्थानीय सरकारको भूमिका तथा मानव अधिकारको व्यवहारिक पक्षबारे प्रशिक्षण दिनु भएको थियो ।
प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी प्रमुख आतिथ्यतामा सम्पन्न
कार्यक्रमको सञ्चालन राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश सदस्य रणदीप खतिवडाले गर्नु का थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकेसी प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो।









