कपिलवस्तु -अवैध रूपमा नदिजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा शशस्त्र प्रहरीले एक्साभेटर लोडर तथा ट्रिपर नियन्त्रणमा लिएको छ । अगिया खोलामा अवैध वालुवा उत्खननगर्दै गरेको लोडर मेशिन र टिप्पर बुधबार दिउसो नदिबाटै नियन्त्रणमा लिईएको थियो ।
विशेष सुराकीको आधारमा बुद्धभूमि नगरपालिका ९ स्थित अगिया खोलाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चौरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीका अनुसार लु १ क ४१८२ नम्बरको जेसीबी प्रयोग गरी लु १ ख ६२३५ नम्बरको टिप्परमा वालुवा लोड गरिरहेको अवस्थामा दुवै सवारी साधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बुद्धभूमि नगरपालिका पठाइएको छ।
सीमा क्षेत्रमा हुने गरेका अपराधिक गतिविधी नियन्त्रण तथा चोरी तस्करी नियन्त्रणमा खटिएको शशस्त्र प्रहरीले ३ महिना यता बनजन्य तथा नदिजन्य पदार्थमा भईरहेको अवैध निकासी तथा तस्करी नियन्त्रणमा समेत चासो देखाएको छ । शशस्त्र प्रहरी बल २८ नम्बर हेक्वाका प्रमुख शशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जिल्लाको समग्र क्षेत्रमा हुने अवैध राजस्व छलि तथा नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रणमा खटिरहेको बताए । राज्यको प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्ने आफुहरूको कर्तव्य रहेको बताउदै उनले अवैध निकसी क्षेत्रहरूमा निगरानीलाई तीव्र बनाइएको र कानुनविपरीत हुने यस्ता गतिविधिमाथि कडा कारबाही गरिने जानकारी दिए । पक्राउ ट्रिपर र मेशिन आवश्यक कारवाहीका लागि बुद्धभूमि नगरपालिका मा बुझाईएको छ ।









