कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा पूर्व सांसद मङ्गलप्रसाद गुप्ता को निधन भएको छ।
हृदयघात भएपछि उपचारका लागि भारतको दिल्ली लगिएका गुप्ताको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
२०३९ सालदेखि संसदीय राजनीतिमा प्रवेश गर्नु भएका कपिलवस्तुको कृष्णनगर निवासी गुप्ता
विभिन्न निर्वाचनमा विभिन्न पार्टीबाट नौ पटक उम्मेदवार बन्नु भएको थियो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो। उहाँ एमालेका सक्रिय नेता तथा जनतामाझ लोकप्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
गुप्ताको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।









