कपिलवस्तु- आधारभूत अस्पतालसँग सम्बन्धित ३८ लाख रुपैयाँ अनियमितता प्रकरणमा पक्राउ परेका सबै जना धरौटीमा रिहा भएका छन्।
यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुई जना १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने अन्य तीन जनालाई पनि जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको स्रोतले जनाएको छ ।
प्राप्त जानकारीअनुसार घटनाबारे अनुसन्धान प्रक्रिया अझै पूरा भइसकेको छैन। तर सरकारी वकिल कार्यालयको निर्देशनमा उनीहरूलाई धरौटीमा रिहा गरिएको बताइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहले बताए ।
अस्पतालको आर्थिक कारोबारसँग जोडिएको उक्त प्रकरणमा ३८ लाख रुपैयाँ हिनामिना भएको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको थियो । पक्राउ परेकाहरूको रिहाइ भएपनि उनिहरुमा थप अनुसन्धान भने जारी रहेको बताइएको छ । हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकोले हाजिरी जमानिमा छोडिएको बताइएको छ ।









