कपिलवस्तु -बढ्दो गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै शिवराज नगरपालिका वडा नं. ५, बालापुर हनुमान चोक निवासी कमल कोइराला ले शिवराज नगरपालिका वडा नं. २ स्थित जनता आधारभूत विद्यालय लाई ४ थान पंखा हस्तान्तरण गर्नुभएको छ ।
समाजसेवी दिपक खडका को पहल तथा समन्वयमा गरिएको उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूलाई गर्मीका समयमा सहज र शीतल वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
पंखा हस्तान्तरणपछि विद्यालय परिवारले सहयोगीप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता सामाजिक तथा मानवीय सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ । साथै विद्यालयको शैक्षिक वातावरण सुधारका लागि सबै पक्षको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।









