कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० का युवा समाजसेवी विष्णु दत्त मिश्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन। रास्वपाले भोलि आयोजना गर्न लागेको वडा भेलाको पूर्वसन्ध्यामा मिश्र पार्टीमा प्रवेश गरेका हुन ।
वडा नं. १० मा प्रभावशाली युवा नेताका रूपमा परिचित मिश्र आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको तयारीमा लागेका थिए । सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनी युवामाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्।
आज एक कार्यक्रमबीच मिश्र रास्वपामा प्रवेश गरेका हुन। उनको प्रवेशले वडा नं. १० मा रास्वपाको संगठन विस्तार तथा राजनीतिक गतिविधिमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।









