कपिलवस्तु — होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको चौथो अधिवेशनबाट पदम ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । मिति २०८३ वैशाख २६ गते कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न अधिवेशनबाट ढकाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिप्रसाद खनाल, द्वितीय उपाध्यक्षमा ध्रुव भुसाल तथा पर्यटन उपाध्यक्षमा बैकुण्ठ बेल्बासे निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा लक्ष्मण न्यौपाने, कोषाध्यक्षमा हुमनाथ पौडेल र सचिवमा सिम श्रेष्ठ चयन हुनुभएको छ ।
संघको सचिवालय सदस्यमा कमला आचार्य निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा भरत विष्ट, विष्णु प्रसाद अधिकारी, रामचन्द्र बेल्बासे, मोहन पाण्डे, लक्ष्मीनारायण खनाल, हरिनारायण बेल्बासे र श्रीधर आचार्य चयन हुनुभएको छ । पदेन सदस्यमा लेखनाथ घर्ती रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई व्यवसायीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । अधिवेशनमा होटल तथा पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्या समाधान तथा पर्यटन क्षेत्रको विकासका विषयमा समेत छलफल गरिएको थियो ।









