विजयनगर, १६ चैत्र ।कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ र ६ नम्बर वडामा पर्ने चिरई खाेलाकाे थराैली भाठामा ट्रस्टस्पान झाेलुङ्गे पुलकाे शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पुलको शिलान्यास गरेका हुन् ।
लिडाे नेपालकाे प्राविधिक सहयोगमा उक्त झाेलुङ्गे पुल निर्माण हुन लागेकाे हाे । लिडाे नेपालका सचिव माेहरत प्रसाद कुर्मीले १ करोड ५३ लाख ८३ हजार ७ सय ३२ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुन लागेकाे उनलेे बताए ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले थराैली भाठा ट्रस्टस्पान पुल निर्माण भएपछि दिनहुँ सयाैँ विद्यार्थी, स्थानीय आवाजाावतमा हुने समस्या हट्ने बताए । उनलेे असार मसान्तसम्म पुल निर्माणकाे काम सम्पन्न गर्ने लक्ष्य लिएकाे बताए ।
शिलान्यास कार्यक्रममा १ का वडा अध्यक्ष इन्नर थारु, कार्यपालिका सदस्य दमन्ती राना, समाजसेवी थर्क बहादुर खन्गाहा, गाेकर्ण प्रसाद सापकोटा, दिपेन्द्र महरा लगायतकाे उपस्थिति थियोे ।











