प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो सचिवालय र सल्लाहकारमा हिजै केहीलाई नियुक्ति दिएका छन् । उनले आफ्ना सहयोगी कुमार बेनलाई प्रमुख सल्लाहकार,असिम साहलाई राजनीतिक सल्लाहकार र स्वकीय सचिवमा सुभाष शर्मालाई नियुक्त गरेका छन् । बेन ललितपुर,साह काठमाडौं र शर्मा स्याङ्जाका हुन् ।
स्याङ्जा आँधीखोलाका शर्मा अछामका केपी खनालसँग मिलेर खोलिएको चियादानीका साहुजी हुन् । चियादानीको आउटलेट काठमाडौं, पोखरा र चितवनमा छ । खनाल कैलालीबाट विजयी रास्वपा सांसद हुन् ।
त्यस्तै प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाललाई नियुक्त गरिएको छ । राजनीतिक सल्लाहकार साह यसअघि रास्वपा सांसद थिए र पछिल्लो समय बालेन र रास्वपालाई एकीकृत गराउने कार्यमा सक्रिय थिए ।
बताइएअनुसार सूचना,सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् । यसअघि बालेनको टिममा रहेका अर्जुन घिमिरे,भूपदेव शाह,सुरेन्द्र बजगाईंलगायतलाई पनि सचिवालय टोलीमा राखिँदै छ ।
प्रधानमन्त्रीको सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ । पिएसओमा प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश बस्याल खटेका छन् ।











