कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा १०१ जना लाभग्राहीलाई विद्युतिय (इन्डक्सन) चुलो वितरण गरिएको छ।
वडा कार्यालयद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत परम्परागत इन्धनको प्रयोग घटाई स्वच्छ तथा सुरक्षित ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले चुलो वितरण गरिएको हो।
वडा अध्यक्ष नसिम अहमद खा ले जानकारी दिँदै यस कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्यमा सुधार ल्याउनुका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने समेत बताउनुभयो।
स्थानीयवासीहरूले इन्डक्सन चुलो प्राप्त गरेपछि खुशी व्यक्त गर्दै यसले दाउरा र ग्यासको खर्च घटाउने र खाना पकाउन सहज हुने बताएका छन्।











