कपिलवस्तु — आवर मदरल्याण्ड एकेडेमी, शिवराज–०५ चन्द्रौटाको १७औँ साधारण सभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट अध्यक्षमा शरद अधिकारी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गोपाल बन्जाडे, चन्द्र बहादुर गहतराज, अर्जुन बहादुर पाण्डे र शालिकराम पौडेल सर्वसम्मत चयन हुनुभएको छ।
कार्यक्रममा बोल्दै सहभागीहरूले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नवनिर्वाचित कार्यसमितिले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण प्रणाली र विद्यार्थीको सर्वाङ्गीण विकासमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।











