कपिलवस्तु । प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र नम्बर ३ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिशेष प्रताप शाह अग्रस्थानमा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म महाराजगञ्ज नगरपालिका वडा नम्बर ५, ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने अब विजयनगर गाउँपालिका–१ को मतगणना सुरु गरिएको छ।
हालसम्म कुल ५ हजार ६७२ मत गणना हुँदा ३१८ मत बदर भएको छ।
मतपरिणाम अनुसार नेपाली कांग्रेसका अभिशेष प्रताप शाहले २ हजार २३० मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका इश्वर दयाल मिश्रा १ हजार ४५९ मतसहित दोस्रो स्थानमा रहेका छन्। नेकपा एमालेका विरेन्द्र कुमार कनोडियाले ७०५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ६४१ मत पाएका छन्। नेकपा (तारा) का एहसान खानले १०२ मत प्राप्त गरेका छन्।
हालको मतपरिणाम अनुसार अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा रहेका छन्। मतगणना कार्य जारी रहेको छ।











