उद्घाटनपछि बोल्दै उहाँले जनताको भरोसा, साथ र समर्थनले मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। उहाँले नेकपाले सधैं श्रमिक, किसान, युवा तथा आम जनताको हक–अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको समर्थन अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य, स्थानीय नेता–कार्यकर्ता, जेनजी रेड फोर्सका सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका समाजसेवी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, स्थानीय बासिन्दा गरी करिब ३०० जनाको सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो।
कार्यक्रममा अधिकान्सले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै जनमुखी राजनीति, सुशासन, रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले नेकपाको नीति, सिद्धान्त र उम्मेदवारको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए।
उक्त सम्पर्क कार्यालय उद्घाटनसँगै कपिलवस्तु–३ मा नेकपाको चुनावी गतिविधि थप सशक्त बनेको छ। स्थानीय स्तरमा जनसम्पर्क विस्तार गर्ने उद्देश्यसहित खोलिएको कार्यालयले आगामी दिनमा पार्टीको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।











