कपिलवस्तु ।फागन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्रन ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ठुला दल सहित व्यक्तिगत छवि बनाएका उम्मेदवारहरुले प्रतिस्पर्धा ले चुनाबी रौनक बढाएको छ । एमाले,काग्रेस नेकपा स्वतन्त्र लगायत दलले प्रभावशाली नेतालाइ उम्मेदवार देखिएका हुन । अन्ततः यहाँ मुख्य दल एमालेका उम्मेदवार बिरेन्द्र कनोडिया र काग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरेन्द्र कुमार कनोडिया शालीन बोली र सन्तुलित व्यवहारका कारण मतदातामाझ सकारात्मक छवि बनाउँदै अघि बढिरहेका छन्। राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा पनि उनले मर्यादित र सभ्य राजनीतिक संस्कारलाई प्राथमिकता दिएको देखिन्छ।
एमालेबाट उम्मेदवार बनेका कनोडिया जहाँ पुग्छन्, त्यहाँ जनतासँग सहज संवाद गर्ने, समस्या ध्यानपूर्वक सुन्ने र समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने शैली उनको पहिचानले नागरिक अझ आकर्षित भएका छ्न । सार्वजनिक कार्यक्रम, घरदैलो तथा भेटघाटका क्रममा उनले प्रयोग गर्ने नम्र भाषा र संयमित प्रस्तुति धेरैको मन जित्न सफल भएको छ।
लामो समय देखि राजनीति मा सकृय राजनितीमा होमिएर समाजसेवा र विकास निर्माणका क्षेत्रमा लामो समयदेखि सक्रिय कनोडियाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा रोजगारी सिर्जनामा विभिन्न पहल गरेका छन्। जनताको आवश्यकता र समस्यालाई नजिकबाट बुझ्दै व्यावहारिक समाधान खोज्ने उनको कार्यशैलीलाई मतदाताले सकारात्मक रूपमा लिएका छन्।
राजनीतिलाई द्वन्द्व र आरोप–प्रत्यारोपको माध्यम नभई सेवा र सहकार्यको माध्यम बनाउनुपर्ने धारणा कनोडियाले निरन्तर राख्दै आएका छन्। विरोधी विचारप्रति पनि सम्मान देखाउँदै सबै पक्षलाई साथ लिएर विकास निर्माणमा अघि बढ्नुपर्ने उनको सोच रहेको बताइन्छ ।
स्थानीय अगुवाहरूका अनुसार कनोडियाको नेतृत्व शैली समावेशी र समन्वयकारी रहेको छ। “उहाँले कहिल्यै बोली र व्यवहारबाट कसैलाई अपमान गर्ने शैली देखाउनुभएको छैन, यही कारण जनताले उहाँप्रति विश्वास गरेका छन्,” एक स्थानीय अगुवाले बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कनोडियाले समृद्ध, व्यवस्थित र विकासोन्मुख कपिलवस्तु निर्माणलाई मुख्य एजेन्डा बनाएका छन्। उनले जनताको साथ, सुझाव र सहकार्यलाई आधार बनाएर क्षेत्रको समग्र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बोलीमा मिठास, व्यवहारमा विश्वास र कर्ममा निरन्तरता—यही कारण बिरेन्द्र कुमार कनोडिया आज जनताको भरोसाका केन्द्रका रूपमा उभिएका छन्।











