शितगङ्गा (अर्घाखाँची), २०८२ भदौ २७ –शितगङ्गाका Gen-Z समूहका युवाहरूले नगर प्रमुख छविलाल पौडेललाई ११ बुँदे सन्देशसहित पत्र लेखेका छन्।
पछिल्लो घटना क्रमलाई उल्लेख गर्दै सामाजिक सन्जामा पत्र लेख्दै जिन्जीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासन कायम गर्न तत्काल कदम चाल्न नगरपालिकालाई आग्रह गरेका छ्न । उनले नगरका निर्वाचित जन प्रतिनिधिलाई ११ बुदे शन्देश सहित पत्र लेखेका छन ।नगरपालिकामा अनेकौ बेथिति, विकृति र भ्रस्टाचार विरुद्ध युवाहरु एक भएर लाग्ने पत्रमा उल्लेख गरिएको छ । स्थानीय सरकारलाई जनताप्रति पूर्ण जिम्मेवार हुन भन्दै सितगंगा जेन्जिको तर्फबाट वडा नम्बर ४ का वसन्त बेल्बासेले पत्र लेखेका हुन ।
के के छ्न युवाहरूका ११ प्रमुख माग
ज्ञापनपत्रमा आर्थिक अनियमितता, नाताबाद–कृपाबाद र सेवा ढिलासुस्ती अन्त्य गर्न यस्ता माग राखिएका छन्–
1. नगर कार्यपालिकाको बैठक डिजिटलाइज गरी प्रत्यक्ष प्रसारण।
2. सवारी साधनको दुरुपयोग रोक्दै तथ्यांक सार्वजनिक।
3. निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित।
4. प्रशासनिक खर्च, महोत्सव तथा कार्यक्रमको सक्कल बिल सार्वजनिक।
5. जनप्रतिनिधिको सम्पत्ति विवरण अनिवार्य खुलासा।
6. सम्पूर्ण बजेट विवरण अनलाइन प्रकाशन र वार्डस्तरमा सार्वजनिक सुनुवाइ।
7. अनावश्यक करार कर्मचारी हटाउने।
8. खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ अनुसार पारदर्शी बनाउने।
9. शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीका अनुदान लक्षित वर्गसम्म पुर्याउने।
10. सूचनाको हक प्रभावकारी कार्यान्वयन।
11. ZEN-G जस्ता युवा सञ्जालसँग नियमित संवाद कार्यक्रम सञ्चालन।
जेन्जी समुहले देशर भदौ २३ मा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोलीबाट ३४ जना युवाको ज्यान गएको घटनाप्रति युवाहरूले दुख ब्यक्त गरेका छ्न।
युवाहरूले चेतावनी दिँदै भनेका छन्, “यी माग बेवास्ता भए थप कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ।”











