कपिलवस्तु — शिवराज नगरपालिका–४ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई आँखा स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित वडा नम्बर ४ ले संचालन गरेको उक्त शिविरमा २९० जनाले आँखा परीक्षण गराएका छन्।
लायन्स आँखा अस्पताल, रूपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा जाँच गरिएका मध्ये ३९ जनामा मोतियाबिन्दु फेला परेको वडाध्यक्ष खाँले जानकारी दिनुभयो। उहाँका अनुसार ती सबै बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ।
निःशुल्क शिविरमा सहभागिता जनाएका स्थानीयले आँखा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ध्यान दिएको र वडास्तरमै उपचार सुविधा उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका छन्।
स्वास्थ्यजस्तो आधारभूत अधिकारमा सबैको पहुँच सुनिश्चित गर्न वडा स्तरबाट निरन्तर यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने वडाध्यक्ष खाँले भन
उक्त शिविरले वडा मात्र नभई सम्पूर्ण नगरकै प्रतिष्ठा बढाएको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।










