कपिलवस्तु । भारत–चीनबीच लिपुलेक नाका प्रयोगसम्बन्धी सम्झौता नेपाललाई बेवास्ता गरेर भएको भन्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारिलाल न्यौपानेले आपत्ति जनाएका छन् । यो कदमलाई “नेपालको सार्वभौमसत्ता माथिको बाह्य हस्तक्षेप” को रूपमा व्याख्या गर्दै राष्ट्रिय एकता र सहमति बिना सीमा विवाद समाधान असम्भव हुने बताएका छ्न ।
सन् १८१६ को सुगौली सन्धिले तोकेको सीमा नै आधिकारिक आधार हुने बताउँदै भारत–चीन–नेपाल त्रिपक्षीय वार्ता आवश्यक रहेको धारणा राखेका छ्न । एमालेले आसन्न केन्द्रीय कमिटी बैठकमा सीमा विवादलाई एजेन्डा बनाएर विस्तृत छलफल गर्ने समेत बताए।
विगतमा सर्वदलीय सहमतिबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी भएको प्रसंग कोट्याउँदै उनले यसपटक पनि दलगत राजनीति भन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताए ।राष्ट्रको अखण्डता र स्वतन्त्रतामाथि उत्तर वा दक्षिण जे–जहाँबाटै हस्तक्षेप भए पनि प्रतिकार गर्नु सबै नेपालीको साझा कर्तव्य हो,” नेता न्यौपानेको भनाइ छ ।











