कपिलवस्तु — शिवराज नगरपालिका–१ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको ११औं अधिवेशनबाट बिनोद कुवरंको संयुक्त प्यानल बिजयि भएको छ। नेतृत्व चयनका लागि हिजों भएको चुनाबमा
अर्का अध्यक्ष पदका उम्मेदवार डिल प्रसाद गैरेलाई पराजित गर्दै कुंवरको टिम बिजयी भएको हो ।
कुंवर संयुक्त प्यानल सहित घडी चुनाव चिन्ह र गैरे नेकपा एमाले निकट प्यानलबाट बस चुनाव चिन्हसहित प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचनबाट बिनोद कुवर नेतृत्वको संयुक्त प्यानलमा उपाध्यक्ष पदमा सुनिया थारु, सचिवमा पुर्णमालि बिक, सह–सचिवमा भुपेन्द्र बहादुर विष्ट र कोषाध्यक्षमा सरोज शर्मा विजयी भएका छन । त्यस्तै सदस्यमा पनि कुवंरकै प्यानलबाट समिम अहमद,मिना थापा ,गोमा देवि भारति,पुरन बहादुर खत्री क्षेत्री ,मोहमद बानी र शान्ता रावत क्षेत्री बिजयी हुनु भएको छ।गैरेको प्यानलबाट उपाध्यक्षमा रेश्मा नेपाल, सचिवमा लेखेन्द्र बहादुर थापा, सह–सचिवमा साबित्रा खड्का, कोषाध्यक्षमा सम्झना भुसाल उम्मेदवारी रहेको थियो । यस्तै, सदस्यहरूमा लौटू थारु, हिरा सुनार, कमला भट्टराई, जैश मो. मिया र यस कुमार थारु रहेका थिए ।
बिजयी पछि कुवंरले सामुदायिक वनको स्रोतको पारदर्शी उपयोग, दिगो वन संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानिय स्तरमा आम उपभोक्ताको सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।










