कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेको उपस्थितिमा आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
आज आयोजित एक कार्यक्रमका बिच वडालाई पुण खोप घोषणा गरिएको हो। कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेले स्थानीय सरकारको सक्रियता र जनचेतनाका कारण वडा पूर्ण खोप सुनिश्चित बन्न सफल भएको बताउनु भयो ।
आफ्नो वडाको बढ्दो जनघनत्वका बाबजुद बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनु भयो ।
आधारभूत अस्पताल शिवराजका प्रमुख रबिन्द्र मिश्रले कार्यक्रममा बोल्दै खोप अभियानको सफलताको श्रेय स्थानीयको सहभागिता र स्वास्थ्यकर्मीको रहेको बताउनुभयो । सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेका छन् भन्ने कुरा प्रमाणित गर्नु कठिन थियो, तर हामीले निरन्तरको अनुगमन र जनसहभागिताबाट वडालाई पुर्ण खोप घोषणा गरेको बताउनु भयो ।











