कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ ले स्थानीय नागरिकलाई किटनाशक झुल वितरण गरेको छ। लामखुट्टेको टोकाइबाट बचाउन र डेंगुजस्ता रोगको जोखिम कम गर्न वडा कार्यालयले वडा भित्रका २३० जनालाई किटनाशक झुल वितरण गरीएको
वडा अध्यक्ष नसिम अहमद खाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष नसिम अहमद खाँले कार्यक्रममा बोल्दै समाजका ज्येष्ठ नागरिक र असहाय व्यक्तिहरूलाई राज्यको विशेष ध्यान दिनुपर्ने बताउनुभयो । हाम्रा पाका नागरिक र असक्त व्यक्तिहरूको सम्मान गर्नु हाम्रो दायित्व हो। उनीहरूको जीवन सहज बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ,“ खाँले भने।
स्थानीय तहबाट सामाजिक सुरक्षा तथा जनकल्याणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै वडा अध्यक्ष खाँले भविष्यमा पनि यस्ता सहयोग कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
झुल वितरण कार्यक्रममा वडा सदस्यहरू, स्थानीय अगुवा तथा लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले वडाको यो सहयोगप्रति आभार व्यक्त गरेका थिए।












