चन्द्रौटा- देश भर सुरु उक्त अभियान शिवराजका वडा नम्बर ४ र ५ मा पहिले नै सुरु भएको अभियान आज बाट एक मा पनि सुरु भएको हो । जरा अभियानमा वडा कमिटीलाई सशक्त बनाउने, नियमित बैठक बस्ने, सङ्गठित सदस्यता नवीकरण गर्ने, नियमित शुल्क उठाउने, स्थानीय तहहरूले गर्ने कामको लेखाजोखा गर्ने अभियानको उदेश्य रहेको एमाले प्रदेश सदस्य नेत्र राज अधिकारीले बताउनुभयो ।
जरा अभियानमा नया पार्टी सदस्यता बिस्तार ,संगठन बिस्तार यो अभियानको उदेश्य रहेको एमाले प्रदेश सदस्य अर्जुन केसिले बताउनु भयो । यो अभियानले पार्टिको नीति पालिका स्तरमा डिजिटल बनाउने र तीन महिनामा सामाजिक संजालमा १लाख सन्देश प्रबाह गर्ने रहेको भन्दै प्रशिक्षणमा ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।
एमाले नेतृत्व गरेको हरेक क्षेत्र सफल भएको भन्दै यो अभियान बाट प्रत्येक घर बाट एमाले जोड्नु पर्ने एमाले प्रदेश सदस्य लंक बहादुर हमाले बताउनु भयो । बिकास गर्न बहुमत सरकार को आवस्यक रहने भन्दै यो जरा अभियान ले त्यो पुरागर्न मदत पुग्ने बताउनु भयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य शिवकुमारी चौधरीले वडा स्तरमा पार्टी संगठन मजबुत बनाउन रणनीति तयार गर्न आवश्यकता औंल्याउँदै जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो । साथै, सदस्यता वितरणलाई व्यवस्थित बनाउने र स्थानीय मुद्दाहरूमा पार्टीको सक्रिय भूमिका बढाउने विषयमा समेत चर्चा गर्नुभयो ।
बैठकमा बोल्दै एमाले जिल्ला सचीव चन्द्र बहादुर गहतराजले फागुन चौत एमाले नेता कर्याकर्ताले नविकरण महिना हो भन्ने थाहा पाउनपर्ने बताउनु भयो । देश ब्यापि रुपमा एमालेको काम नराम्रो गराउने झुन्ड सक्रिय भएको उल्लेख गर्दै पार्टी एमाले सरकारको बेला भएका कामको पक्षको प्रचारमा लाग्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रम लाई सम्बोधन गर्दै एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले एमालेलाई मजबुत बनाउन एमाले बाट निर्वाचित जन प्रतिनिधि आफुले गरेका कार्य नागरिक माझ प्रस्तुत गर्न सक्नु पर्ने बताउनु भयो ।
जरा केन्द्रित अभियान तथा प्रशिक्षण कार्यक्रममा वडा कमिटी अध्यक्ष कौशल राज न्यौपानेले एजेन्डा प्रस्तुत गर्दै देशको परिस्थिति लाई बुझ्दै पार्टीको सर्कुलर अनुसार काम गर्ने बताउनु भएको थियो ।











