उनले ३४ हजार १सय ४८ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८सय ६० मत पाएका छन् ।
उनी कांग्रेसका बागी हुन् । कांग्रेसका आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमान तेस्रो तथा एमालेका विश्राम चौधरी चौथो भएका छन् ।
यो क्षेत्रमा शुरूवातदेखि शनिबार दिनभरसम्मको अग्रतामा कांग्रेस, बागी उम्मेदारले पालैपालो अग्रता लिइरहेका थिए ।











