कपिलवस्तु— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु जिल्लामा १ हजार ५३८ जना अस्थायी मतदाता रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अस्थायी मतदाताको संख्या अझै केही बढ्न सक्ने जनाइएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो।
जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता निश्चल मोक्तानका अनुसार केही दिनभित्र अस्थायी मतदाताको अन्तिम संख्या यकिन गरिनेछ।











