कपिलवस्तु, शिवराज —कपिलवस्तु क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार चिन्ता परियार ले चुनावी अभियानका क्रममा ऐतिहासिक महत्व र आधुनिक पूर्वाधार विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
उनले ४० हजार दर्शक अटाउने अन्तर्राष्ट्रिय स्तरको क्रीकेट स्टेडियम निर्माण गरी त्यसको नाम
“शिवराज अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियम” राख्ने प्रस्ताव अघि सारेका हुन्।
परियारका अनुसार यो स्टेडियम केवल खेलकुदको संरचना मात्र नभई
👉 नेपाल–अंग्रेज युद्धको इतिहासलाई जीवित राख्ने राष्ट्रिय स्मारक पनि हुनेछ।
स्टेडियमको डिजाइनमा गोर्खाली वीरता, ऐतिहासिक युद्ध दृश्य र नेपाली राष्ट्रिय पहिचान झल्किने कला समावेश गरिनेछ।
🏏 खेलकुद, पर्यटन र रोजगारीको केन्द्र
उक्त स्टेडियम निर्माण भएपछि:
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगिता आयोजना
स्थानीय युवालाई खेलकुदमार्फत अवसर
पर्यटन प्रवर्द्धन
होटल, यातायात र साना व्यवसायमा रोजगारी सिर्जना हुने परियारको दाबी छ।
🗣️ चिन्ता परियार भन्छन् :
“हामी विकासको नाममा इतिहास बिर्सनु हुँदैन।
शिवराज अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियम खेलकुदको मैदान मात्र होइन,
गोर्खाली साहस र नेपाली स्वाभिमानको प्रतिक हुनेछ।”
जनताको सपना, जनतासँगै
पत्रकार पृष्ठभूमिबाट आएका युवा उम्मेदवार परियारले
यस योजनालाई जनताको साझा सपना भन्दै
राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय मतदाताहरूका अनुसार,
इतिहास संरक्षण र आधुनिक विकासलाई एकैसाथ समेट्ने यो योजना
कपिलवस्तुको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कदम हुन सक्छ।











