चन्द्रौटा, कपिलवस्तु – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमा समाजसेवी जगत पौडेल सर्वसहमत रूपमा चयन हुनुभएको छ।
यहीँ चैत ९ गते सम्पन्न निर्वाचनमार्फत समिति सदस्य पदका लागि भएको प्रतिस्पर्धामा राजकुमार थारु, दिलमाया सुनार र विष्णु भुसाल (विपना) निर्वाचित हुनुभएको छ। त्यस्तै, दुर्गवती चौहान सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। निर्वाचित सदस्यहरुले पौडेललाई अध्यक्षको रुपमा सबसम्मत अगाडी सारेका हुन ।
नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै विद्यालय विकासमा सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।











