कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटा बजारमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा बजार अनुगमन गरिएको छ। अनुगमन टोलीले मिठाइ पसल, होटल, किराना पसल लगायत २० वटा व्यवसायको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रेका र अखाद्य सामान बिक्री भइरहेको पाइएको छ। निर्देशनालयका प्रमुख कृष्ण प्रसाद गौतमका अनुसार, उपभोक्ताको सुरक्षालाई ध्यानमा राख्दै करिब २० हजार रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रेका सामान नष्ट गरिएको छ।
त्यसैगरी, दुई व्यवसायलाई नियम उल्लंघन गरेको पाइएकाले कारबाहीस्वरूप २० हजार र १५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बाबुराम पोखरेलले जानकारी दिए।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, शिवराज नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा वडा प्रहरी कार्यालय चन्द्रौटा का प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
बजारमा म्याद गुज्रेका तथा अखाद्य वस्तुको बिक्री उपभोक्ताको स्वास्थ्यका लागि गम्भीर चुनौती हुन सक्ने भएकाले, यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।









