कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ को चार महिनाको अवधिमा १ करोड ४२ लाख ५० हजार २ सय ६३ रुपियाँ राजस्व सङ्कलन गरेको छ । ११ वटा वडा रहेको नगरपालिकामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्मको अवधिमा वडा नं। ५ ले सबैभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य बजार केन्द्रमा रहेको वडा नं. ५ ले यस अवधिमा १६ लाख ६६ हजार ७ सय ४७ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
यस अवधिमा सबैभन्दा कम राजस्व वडा नं. १० ले सङ्कलन गरेको छ । वडा नं। १० ले २ लाख ४८ हजार ४१ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।वडा नं. १ शिवपुरले १० लाख ४ हजार १ सय १६ रुपियाँ, वडा नं। २ ले ५ लाख ५ हजार ३ सय १४ रुपियाँ, वडा नं। ३ ले ६ लाख ४२ हजार ६ सय ८ रुपियाँ र वडा नं। ४ ले ४ लाख ७० हजार ५ सय ३४ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।
त्यसैगरी वडा नं. ६ ले १२ लाख ८४ हजार १ सय ७२ रुपियाँ, वडा नं. ७ ले ३ लाख ४३ हजार ६ सय ५८ रुपियाँ, वडा नं. ८ ले २ लाख ६२ हजार ५ सय ६ रुपियाँ, वडा नं. ९ ले ६ लाख ७ हजार ८ सय ४५ रुपियाँ र वडा नं। ११ ले ४ लाख ३० हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरेका छन् । वडागत राजस्वबाहेक शिवराज नगरपालिकाले सो अवधिमा ६७ लाख ८४ हजार २ सय ४८ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।









