कपिलवस्तु — लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट नगरपालिका बन्न सफल शिवराज नगरपालिका सम्मानित भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ मा Best Palika of the Year का रूपमा नगरपालिकालाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन्।
शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा विद्यालय शिक्षामा पुर्याएको योगदानका आधारमा शिवराज नगरपालिका लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट नगरपालिकाका रूपमा छनोट भएको हो।
सम्मान ग्रहण कार्यक्रममा नगरप्रमुख अजय थापा, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मालगायत सहभागी थिए।
प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित हुनुले शिवराज नगरपालिकाको गौरव र प्रतिष्ठा बढाएको छ।









