लुम्बिनी साहित्य सङ्गमकी अध्यक्ष भगवती बस्यालको अध्यक्षता तथा पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तानसेन प्रज्ञा प्रतिष्ठानका सदस्य पदम न्यौपाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष राघवेन्द्र श्रीवास्तव, पशुपति प्रताप पुस्तकालयका उपाध्यक्ष शन्तराम अग्रहरी, सिर्जनशील नारी साहित्य समाज कपिलवस्तुका अध्यक्ष शकुन्तला पौडेल, साहित्यकार पशुपतिमणि त्रिपाठी, ससुमयी शाक्य तथा अधिवक्ता भोला प्रसाद विश्वकर्मालगायत साहित्यप्रेमी र स्रष्टाहरूको सहभागिता रहेको थियो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष तिलक लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तेजप्रसाद खनालले गर्नुभएको थियो । साहित्यिक रचना वाचनपछि सहभागीहरूले तौलेश्वरनाथ महादेवको दर्शनसमेत गरेका थिए । कार्यक्रमलाई पशुपति प्रताप पुस्तकालय र सिर्जनशील नारी साहित्य समाजले सहकार्य तथा समन्वय गरेका थिए ।









