कपिलवस्तु -नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटा, कपिलवस्तु र नेपाल आयुर्वेद औषधि व्यवसायी संघको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रीय योग प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले सन्तुलित आहार, नियमित योग तथा व्यायाम र आयुर्वेदिक स्वस्थ जीवनशैली अपनाउँदा स्वास्थ्यमा पुग्ने फाइदाबारे चर्चा गरेका थिए। उनीहरूले आयुर्वेदका सिद्धान्त र धन्वन्तरीले दिएका स्वास्थ्यसम्बन्धी ज्ञान तथा गुणहरूलाई व्यवहारमा उतार्न सके व्यक्ति, परिवार र समाज हुँदै समग्र राष्ट्रलाई नै स्वस्थ बनाउन सकिने धारणा राखेका थिए।
शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटाका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला प्रभारी कृष्णमुरारी ज्ञवाली, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश सचिव गोपाल बन्जाडे, महिला वडा सदस्य सीता रेग्मी, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पारसमणि पाण्डे, मेघराज रेग्मीलगायतको उपस्थिति रहेको थियो।









