तौलिहवा-नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको १३ औँ साधारण सभा तथा आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट शाखाको सभापतिमा खगप्रसाद चापागाईं निर्विरोध निर्वाचित हुनु भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा अशोक पौडेल र पूजा गुप्ता, सचिवमा अंकुश श्रीवास्तव, कोषाध्यक्षमा बृजेश जयसवाल तथा सहसचिवमा बसन्ता भुसाल निर्वाचित हुनु भएको हो । त्यस्तै कार्यसमिति सदस्यमा बसन्त बन्जाडे, कृष्णकुमार यादव, अनिल मल्ल, रामाशंकर तिवारी, सुदांशु गिरी, सुग्रीम बरई, नन्दकिशोर चौधरी (लालु), अनिलकुमार माली र सुवास पौडेललगायत निर्वाचित हुनु भएको छ ।









