कपिलवस्तु – नेकपा (एमाले) का उम्मेदवार बिरेन्द्र कनौडिया आज शिवराज–१ का विभिन्न टोलमा मतदातासँग भेटघाट गर्दै घरदैलो गर्नुभएको छ।
कनौडियाले यस अवसरमा युवा रोजगारी, आधारभूत स्वास्थ्य सेवा, खानेपानी पहुँच, सडक सुधार लगायतका मुद्दामा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय सुकुम्वासी समस्याको समाधान पनि आफ्नो चुनावी एजेन्डामा रहेको बताउनुभयो।
उहाँले कर्मठ कार्यकर्ता र सचेत नागरिकको समर्थनले आफ्नो लक्ष्य हासिल गर्न थप बल मिलेको उल्लेख गर्दै आगामी निर्वाचनमा सक्रिय सहभागिताको लागि आह्वान गर्नुभयो।
कार्यक्रममा स्थानीय मतदातामा एमाले प्रती खुसी देखिएको र नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।











