कपिलवस्तु नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले अर्घाखाँची बाट बसाइँ सराइ गरी हाल शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटामा बसोबास गर्दै आएका मतदाता तथा समर्थकसँग भेटघाट कार्यक्रम गर्ने भएका छन्।
अर्घाखाँचीमा मतदान गर्ने तर शिवराज नगरपालिका क्षेत्र आसपास बसोबास गर्दै आएका मतदाता, शुभेच्छुक तथा शुभचिन्तकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले फागुन २ गते साँझ ६ बजे नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटीको कार्यालय, चन्द्रौटामा भेटघाट कार्यक्रम आयोजना गरिएको एमाले नेता ओपि पाण्डेले जानकारी दिएका छ्न ।
शिवराज नगरपालिका क्षेत्रमा बसोबास गरी अर्घाखाँचीसँग सम्बन्ध राख्ने सम्पूर्ण आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई उम्मेदवारसँग प्रत्यक्ष भेटघाट तथा सुझाव दिन आग्रह गरेका छन्।











